
फाइल तस्वीर
काठमाडौं । इण्डियन आइडल सिजन १२ का विजेता पवनदीप राजन सांगीतिक कार्यक्रमका लागि नेपाल आउने भएका छन् । यही वैशाख ११ गते काठमाडौंको ठमेलस्थित एलओडी क्लबमा रोटरी क्लब अफ पाटन वेस्टले आयोजना गर्ने कन्सर्टका लागि उनी नेपाल आउन लागेका हुन् ।
कार्यक्रमको व्यवस्थापनको जिम्मा भने ३६५ इभेन्ट्स एण्ड मिडियाले लिएको एलओडीले जनाएको छ । यसैगरी होटल याक एण्ड यतिमा हुने अर्को कार्यक्रममा पनि पवनदीप सहभागी हुनेछन् ।
एलओडीमा हुने कार्यक्रमका लागि २५ सय र ३ हजार रुपैयाँ दरको टिकट राखिएको र उक्त टिकटबाट उठेको रकम सामाजिक कार्यका लागि उपलब्ध गराइने आयोजकले जनाएको छ । आईएमई पेबाट अनलाइन टिकट खरिद गर्न सकिने जनाइएको छ ।
यसअघि कोरोना महामारीका कारण स्थगित पवनदीपको सांगीतिक कार्यक्रम यसपटक भने भव्य रुपमा सफल हुने आयोजकको अपेक्षा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4