
४ वैशाख, दाङ । रुकुम पूर्वमा पनि सत्ता गठबन्धनको सम्भावना टरेको छ ।
सत्ता गठबन्धनमा रहेका दलका बीचमा पटक-पटक गठबन्धन गर्ने विषयमा छलफल भए पनि दलहरुले आ-आफ्नो दाबी कायमै राखेपछि जिल्लास्तरबाट सबै पालिकामा गर्न खोजिएको गठबन्धन प्रयास सफल हुन नसकेको हो । अब जिल्ला संयन्त्रले गठबन्धनको टुंगो लगाउने सम्भावना लगभग सकिएको छ ।
नेपाली कांग्रेसले माओवादी केन्द्रसँग चुनावमा जादा समान हैसियत खोजेपछि माओवादी केन्द्रबाट अस्वीकार गरेको छ ।
त्यस्तै नेकपा एकीकृत समाजवादी, जसपा र जनमोर्चाले पनि आफ्नो अस्तित्व सहितको समानजनक भागवण्डा हुनुपर्ने माग राखेका थिए ।
यद्यपी दलहरुले पालिका र वडामा गठबन्धन गर्न चाहेमा उनीहरुले नै निर्णय गर्ने अधिकार भने दिएका छन् ।
पालिका र वडालाई तालमेलका लागि जिम्मा दिइएको नेपाली कांग्रेस जिल्ला उपसभापति भीमबहादुर खड्काले बताए ।
वडामा मात्रै वा कुनै एक पालिकामा गठबन्धन हुन सकेको खण्डमा त्यतिमा मात्रै भए पनि गठबन्धन गर्ने कुरामा सबै दल सहमत भएको उनले बताए ।
प्रतिक्रिया 4