
२ वैशाख, सप्तरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको बलान बिगुल गाउँपालिकाका उपप्रमुखसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले बलान बिगुल गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत महेश कुमार यादव, तत्कालीन योजना शाखा प्रमुख रमेश मरीक यादव, तत्कालीन प्राविधिक शाखा प्रमुख सब-इन्जिनियर सन्तोष कुमार रजक र तत्कालीन सह-लेखापाल सुभाष चन्द्र लालविरुद्ध मद्दा दायर गरेको हो ।
उनीहरुले वडा कार्यालय भवन निर्माण भएभन्दा नापी किताबमा बढी देखाई भुक्तानीको लागि कागजात पेश गरी १० लाख ५ हजार ४९७ रुपैयाँ भ्रष्टाचार गरेको भन्दै अख्तियारले विगो दाबी गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4