
फाइल तस्वीर ।
४ चैत, काठमाडौं । मुटुको चाल नियन्त्रणमा आएपछि संस्कृतिविद् सत्यमोहन जोशीलाई आईसीयू केयरबाट डिलक्स सुइटमा सारिएको छ ।
ललितपुरस्थित निवासमै रहेको बेला छातीमा असजिलो भएपछि किस्ट अस्पताल पुगेका जोशीलाई गत बिहिबार भर्ना गरिएको थियो ।
अस्पताल निर्देशक प्रा.डा. सुरज बज्राचार्यका अनुसार हाल जोशीमा पिसाबसम्बन्धी संक्रमण देखिनुको साथै मुटुसमेत सुन्निएको, मुटुको चालसम्बन्धी श्वासप्रश्वास नलीको फाइब्रो ब्रोङ्कएक्टेसी समस्या देखिएको छ ।
प्रा.डा. मिलेशजंग सिजापति, प्रा. डा. रामभक्त कोजुको नेतृत्वमा विभिन्न विधाका चिकित्सक संलग्न भई जोशीको उपचार भइरहेको अस्पताल प्रशासनले जनाएको छ ।
अहिले जोशीको अवस्था सुधारन्मुख रहेको डा. बज्राचार्यले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4