
४ वैशाख, काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मी स्वास्थ्य उपचारपछि डिस्चार्ज भएकी छिन् ।
टाउकोमा रगत जमेपछि काठमाडौंको वीर अस्पतालमा पाँच दिन उपचार गरेर उनी पुलचोकस्थित मन्त्री निवास फर्केकी हुन् ।
डिस्चार्जपछि अस्पतालबाट बाहिरिने क्रममा मन्त्री रेग्मीले स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको बताइन् ।
राति सुत्ने बेलामा अचानक टाउको ठोक्किएपछि एमआरआई गराउँदा उनको टाउकोमा रगत जमेको देखिएको थियो । त्यसपछि बुधवार बिहान उपचारका लागि उनलाई अस्पताल भर्ना गरिएको थियो ।
ज्वरो र भोमिटिङ्गको कारण पनि स्वास्थ्यमा अपेक्षित सुधार नदेखिएपछि पाँच दिनसम्म अस्पतालमै राखेर उपचार गर्नुपरेको हो । मन्त्री रेग्मीलाई चिकित्सकले १ हप्ता निवासमै आराम गर्न सुझाव दिएका मन्त्रीका स्वकीय सचिव हिमाङ्क भण्डारीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4