
४ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तह निर्वाचन घोषणापत्र तयारी समितिमा थप १९ सदस्य मनोनित गरेका छन् ।
महामन्त्री गगनकुमार थापाको संयोजकत्वमा गठित घोषणा पत्र तयारी समितिमा सुदूरपश्चिम प्रदेशकी सांसद उमादेवी वादी पनि मनोनित भएकी छन् ।
पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार किरण यादव, फखरुदीन खान, प्रकाश पन्थ, सन्तोषमणि नेपाल, डा. लोचन कार्की, श्याम पटेल, कृष्णप्रसाद तिमिल्सीना, निलकण्ठ शर्मा, विभुषण विष्ट, शिशिर खनाल थपिएका छन् ।
यस्तै सरोज पाठक,कञ्चन झा, प्रेम विश्वकर्मा, सुवास अधिकारी, डा. ई. सुमन कर्ण, गोकर्ण बन्जाडे, कृष्णकुमार सिंह र रमेश पुरी थपिएको मुख्यसचिव पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
हेर्नुस् विज्ञप्ति
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4