
५ वैशाख, काठमाडौं । स्थानीय तहको निर्वाचनबारे नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पत्रकार सम्मेलन गर्ने भएका छन् ।
माओवादी केन्द्रको केन्द्रीय प्रचार तथा प्रकाशन विभागका अनुसार सोमबार दिउँसो १ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन हुन लागेको हो ।
प्रचण्डले स्थानीय तहको निर्वाचनलाई लिएर पार्टीको तयारी, पाँच दलीय गठबन्धनमा भइरहेको तालमेल लगायतका विषयमा जानकारी गराउने उनको सचिवालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4