
फाइल तस्वीर
५ वैशाख, पोखरा । कास्कीका स्थानीय तहहरुमा सिट बाँडफाँट लगायतका विषयमा छलफल गर्न आज बसेको सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन भएको छ ।
जनता समाजवादी पार्टी (जसपा) ले सम्मानजनक सिट बाँडफाँट नभएको भन्दै विरोध जनाएपछि आज बिहानको बैठक निष्कर्षमा पुग्न नसकेको हो । हिजोको बैठक पनि निष्कर्षविहीन भएको थियो ।
जसपा केन्द्रीय सदस्य एवम् गण्डकी प्रदेश उपाध्यक्ष आमोद थापाले आजको बैठकमा कुनै सहमति नभएकाले दिउँसो एक बजे फेरि बैठक बस्ने बताए ।
सम्मानजनक प्रस्ताव नआए एकल रुपमा चुनाव लड्ने जसपाले जनाएको छ ।
जसपाले पोखरा महानगरपालिकामा उपमेयरमा दाबी गरेको छ । यसैगरी अन्नपूर्ण गाउँपालिका अध्यक्ष पदमा दाबी गर्दै नवराज पौडेललाई उम्मेदवार तोकिसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4