
काठमाडौं । कन्नड फिल्म ‘केजीएफ च्याप्टर २’मा अधीराको भूमिका निर्वाह गरेपछि बलिउड अभिनेता सञ्जय दत्तको क्रेज अरु बढेको छ ।
बलिउडका सफल अभिनेता सञ्जय दत्तले हालै एक अन्तर्वार्तामा आफ्ना विगतका केही घटनाका विषयमा खुलेर कुराकानी गरेका छन् । उनले आफूलाई क्यान्सर पत्ता लागेको विषय र लागूऔषध दुव्र्यसनमा फसेको विषयमा केही खुलासा गरेका छन् ।
उनले लागू पदार्थको आदतका कारण आफू रिह्याब सेन्टर समेत जानुपरेको उल्लेख गरेका छन् । त्यहाँबाट ‘चरसी’ भनेर बोलाउने गरेको पनि बताए ।
मेरो १० वर्ष बाथरुममै बित्यो
सञ्जय दत्तले भनेका छन्, ‘म युवतीहरुको छेउमा पर्न एकदमै लजाउँथें । मलाई लाग्यो कि ड्रग्सको सहयोगले उनीहरुको अगाडि ‘कूल’ देखिन्छु । जसका कारण मैले ड्रग्स लिन सुरु गरें । यसपछि मलाई युवतीहरुका अगाडि आत्मविश्वास बढेको महसुस भयो । यसको कारण मेरो जिन्दगीको १० वर्ष एउटा कोठा वा भनुँ बाथरुममै बित्यो । मलाई फिल्मको सुटिङमा पटक्कै मन जाँदैनथ्यो । जिन्दगी यस्तो थियो सबै बदलियो ।’
मानिसहरुले ‘चरसी’ भनेर बोलाउँदा…
सञ्जयले अगाडि भनेका छन्, ‘जब म रिह्याब सेन्टरबाट बाहिर आएँ, मानिसहरुले मलाई ‘चरसी’ भनेर बोलाउन थाले । म सोच्थें यो गलत हो कि क्या हो भनेर । सडकमा हिंडिरहेका मानिसले पनि मलाई यसरी नै बोलाउँथे । अनि मलाई अब केही गर्नुपर्छ । त्यसपछि वर्कआउट गर्न सुरु गरें । त्यसको केही समयपछि जसले ‘चरसी’ भनेर बोलाउँथे, उनीहरुले भन्न थाले– कस्तो बडी ।’
क्यान्सर पत्ता लागेपछि खुबै डर लाग्यो
सञ्जयले भने, ‘त्यसबेला लकडाउनको समय थियो । सिंढी चढ्दा मलाई सास फेर्न गाह्रो भएको महसुस भयो । जब म नुहाउन गएँ सास फेर्न नै गाह्रो भयो । मलाई थाहा थिएन के भइरहेको छ भनेर । त्यसपछि डाक्टरलाई फोन गरें र एक्सरेपछि पत्ता लाग्यो मेरो फोक्सोमा आधाभन्दा बढीमा पानी जमेको छ । यो पानी निकाल्ने बेलामा डाक्टरको अनुमान थियो, टीबी हुनसक्छ, तर क्यान्सर पो भएको पत्ता लाग्यो ।
क्यान्सरको डटेर सामना गर्नुपर्छ
सञ्जयका अनुसार क्यान्सर भएको पत्ता लागेपछि उनी दुबईमा किमोथेरापीका लागि गएका थिए । त्यतिबेला उनी ब्याण्डमिन्टन कोर्टमा दुई–तीन घण्टा खेल्थे गर्थे । उनले भने, ‘क्यान्सरसँग लड्नका लागि डराउने होइन, त्यसको डटेर सामना गर्नुपर्छ । अब आफ्नो शरीरलाई स्वस्थ राख्नका लागि आफ्नो सोही अनुसारको रुटिनमा ढालिरहेको छु ।’
दैनिक भास्करबाट
प्रतिक्रिया 4