+
+

जनमोर्चाले जितेको झिमरुकमा कांग्रेस-माओवादीबीच तालमेल

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ५ गते १३:४०

५ वैशाख, काठमाडौं । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा प्युठानको झिमरुक गाउँपालिकामा सत्ता गठबन्धनका कांग्रेस र माओवादीबीच मात्रै तालमेल हुने भएको छ ।

गत २०७४ सालको निर्वाचनमा राष्ट्रिय जनमोर्चा विजयी भएको झिमरुकमा गठबन्धनका दुई दलले मात्रै तालमेल गर्ने निर्णय गरेको कांग्रेस र माओवादीले आज संयुक्त विज्ञप्ति जारी गर्दै जानकारी गराएका छन् । कांग्रेस-माओवादीले मात्रै तालमेल गरेपछि यो गाउँपालिकामा जनमोर्चा एक्लिएको छ ।

सहमतिअनुसार माओवादीले अध्यक्ष र कांग्रेसले उपाध्यक्षमा उम्मेदवारी दिने भएका छन् । वडा तहमा पनि दुवै पार्टीले सहमतिका आधारमा बाँडफाँड गर्ने निर्णय भएको छ । वडा तहमा वडाध्यक्ष जुन पार्टीलाई भाग पर्छ सोही पार्टीको चिह्न लिएर चुनावमा जाने सहमति भएको छ ।

गठबन्धनमा रहेका जनमोर्चालगायतका अन्य दलहरूसँग पटकपटक छलफल गर्दा पनि सहमति नभएपछि दुई पार्टीबीच मात्रै साझा उम्मेदवार तय गर्ने निर्णय भएको कांग्रेस र माओवादीले जनाएका छन् ।

गत चुनावमा यो पालिकाको अध्यक्ष र उपाध्यक्षमा जनमोर्चा निर्वाचित हुँदा माओवादी दोस्रो, एमाले तेस्रो र कांग्रेस चौथो भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?