+

लिभरपुलले चारवटा उपाधि जित्नु सपना जस्तै हो – भान डाइक

२०७९ वैशाख  ५ गते १५:०० २०७९ वैशाख ५ गते १५:००
लिभरपुलले चारवटा उपाधि जित्नु सपना जस्तै हो – भान डाइक

५ वैशाख, काठमाडौं । लिभरपुलका सेन्टर ब्याक भिर्गिल भान डाइकले एकै सिजनमा चारवटा उपाधि जित्नु सपना जस्तै हुने बताएका छन् ।

गत फेब्रुअरीमा कारबाओ कपको उपाधि जितेको लिभरपुल एफए कप, प्रिमियर लिग र च्याम्पियन्स लिगको उपाधि दौडमा छ ।

प्रिमियर लिगको दोस्रो स्थानमा रहेको लिभरपुल एफए कपको फाइनलमा र च्याम्पियन्स लिगको सेमिफाइनल पुगेको छ ।

वेम्बली मैदानमा चेल्सीलाई हराउँदै कारबाओ कपको उचालेको लिभरपुलले १४ मेमा एफए कपको फाइनलमा वेम्बलीमा नै फेरि चेल्सीसँग प्रतिस्पर्धा गर्ने छ ।

लिभरपुल एफए कपको फाइनलमा पुगेपछि चार उपाधि जित्ने दाउमा भनेर चर्चा चल्न थालेको छ । तर भान डाइकले यो सहज नभएको र यसले खेलाडीमा दबाब बढ्न सक्ने बताएका छन् । ‘एकै सिजनमा चार उपाधि जित्ने कुराले खेलाडीलाई दबाब पर्न सक्छ’, उनले भने, ‘यो एउटा सपना जस्तै हो ।’

‘कुनै पनि टिमले एकै सिजनमा चार वटा उपाधि जितेको छैन, किनभने यो असम्भव जस्तै कुरा हो’, उनले थपे ।

चार उपाधि जित्नु हर कोहीको सपना हुने भन्दै उनले भने, ‘हामीले खेलेको हरेक खेलमा जित निकाल्नु हाम्रो पनि सपना हुन्छ ।’

नेदरल्यान्ड्सका खेलाडी भान डाइक घुँडाको चोटका कारण १० महिनापछि मात्र मैदान फर्किएका हुन् । उनले लिभरपुलले आफ्ना खेलाडीको फिटनेसलाई हल्का नलिई एकदमै ध्यान दिने बताए । ३० वर्षीय सेन्टर ब्याकले भने,‘म त्यो बेला खासै राम्रो खेल्दिनथें, म धेरै ढिला खेल्थें, त्यसैले पनि अहिले म मेरो करिअरमा रमाउँदै छु ।’

अहिले जसरी नै खेल्दै र जित्दै अघि बढ्न चाहेको उनले बताए । फिट रहँदै आगामी विश्वकपका लागि पनि तयार रहने उनको योजना छ । ७ महिनापछि हुने विश्वकपमा नेदरल्याण्ड्स आयोजक कतारसँगै इक्वेडर र सेनेगल रहेको समूह एमा छ ।

इंग्लिस प्रिमियर लिग च्याम्पियन्स लिग अवार्ड लिभरपुल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय