
५ वैशाख, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पुराना जिन्सी सामानहरु लिलाम बिक्री गर्ने भएको छ ।
मन्त्रालयले सोमबार एक सूचना जारी गर्दै पुराना कम्युटर, टेलिभिजन, साइकल, फर्निचर लगायतका सामग्रीहरु लिलाम बिक्री गर्न लागेको हो ।
मन्त्रालयका अनुसार जिन्सी खातामा भएका विभिन्न पुराना सामग्रीहरु र खातामा नभएको तर मन्त्रालय परिसरमा रहेको सामग्री एकै साथ लिलाम गर्न लागेको हो । जसको बिक्री मूल्य एकदमै कम तोकिएका छन् ।
प्रतिगोटा १ लाख २९ हजार रुपैयाँमा किनेको आइप्याड ११ वर्षपछि १० हजार ८ सय ९६ रुपैयाँमा बिक्रीका लागि मन्त्रालयले सूचना जारी गरेको छ ।
यस्तै ११ वर्ष अघि ४९ हजार ६८ रुपैयाँ प्रतिगोटा किनेको लेन्ससहितको क्यामेरा अहिले २ हजार ७२ रुपैयाँ प्रतिगोटामा लिलाम गर्न लागिएको छ । यस्तै ८६ हजारमा किनेको टेलिभिजन ७ हजार २ सयमा बेचिने भएको छ । ११ वर्ष अघि १ लाख रुपैयाँमा किनेको स्क्यानर मेसिन मन्त्रालयले ३ हजार ३ सय प्रतिगोटामा लिलाम गर्न लागेको हो ।
लिलाम गर्नुपर्ने जिन्सी सामानहरुको न्यूनतम मूल्य विवरणः
प्रतिक्रिया 4