
५ वैशाख, प्यूठान । प्यूठानको माण्डबी गाउँपालिकामा सत्तारुढ गठबन्धनमा आबद्ध दल र विप्लव नेतृत्वको नेकपाले चुनावी तालमेल गर्ने निर्णय गरेका छन् ।
उनीहरुले भागबण्डा पनि टुंग्याएका छन् ।
गठबन्धनमा आबद्ध दलहरुको बैठकले गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्र र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेद्वार उठाउने सहमति गरेको छ ।
सहमति अनुसार अध्यक्षमा माओवादीले नवराज अधिकारी रोसनलाई उम्मेद्वार बनाउने छ । उपाध्यक्षका उम्मेद्वार भने कांग्रेसले पछि तय गर्ने छ ।
यस्तै वडाध्यक्षहरुको भागबण्डा पनि टुंगिएको छ । जस अनुसार
विप्लवको दलले वडा नं.१ र ४ मा वडाध्यक्ष पाउने छ । यस्तै वडा नं.२ मा कांग्रेस, ३ मा माओवादी केन्द्र र ५ मा राष्ट्रिय जनमोर्चाले वडाध्यक्ष पाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4