
५ वैशाख, पोखरा । नेकपा माओवादी केन्द्रले पोखरा महानगर प्रमुखका लागि प्रमुख र उपप्रमुखमा ३-३ जनाको नाम सिफारिस गरेको छ ।
महानगर कमिटीको सोमबार बसेको बैठकले मेयरमा कमिटी अध्यक्षसमेत रहेका बखानसिँह गुरुङ, विश्वप्रकाश लामिछाने र सीता खड्काको नाम सिफारिस गरेको महानगर इन्जार्च दीकप कोइरालाले जानकारी दिए ।
सिफारिस दिएकामध्ये लामिछाने अघिल्लो स्थानीय तहमा पनि पोखरा प्रमुखका लागि उम्मेदवारी दिएका थिए । तर, अन्तिम समयमा नेपाली कांग्रेससँग तालमेल गरेर अघि बढ्ने निर्णय गरेपछि उम्मेदवारी फिर्ता लिएका थिए ।
अघिल्लो चुनावमा माओवादी र कांग्रेस तालमेल गरे पनि नेकपा एमालेका मानबहादुर जिसीले कांग्रेसका रामजी कुँवरलाई करिब १४ हजार मतान्तरले पराजित गरेका थिए ।
त्यस्तै, महानगर उपप्रमुखमा गोमा ढकाल, सिर्जना त्रिपाठी र सूर्यप्रकाश तिवारीको नाम सिफारिस गरिएको इन्चार्ज कोइरालाले जानकारी दिए ।
उपप्रमुखमा सिफारिस भएकामध्ये ढकालले अघिल्लो पटक पनि उपप्रमुखमा उम्मेदवारी दिएकी थिइन् । त्यतिबेला उनले ८ हजार ७९६ मतसहित तेस्रो स्थान ल्याएकी थिइन् ।
उपप्रमुखमा नेकपा एमालेकी मञ्जुदेवी गुरुङ ५६ हजार४८४ मत ल्याउँदै ४४ हजार ३३८ मत ल्याएकी निकटम् प्रतिद्वन्द्वी कांग्रेसका सरस्वती गुरुङलाई पराजित गरेकी थिइन् ।
प्रतिक्रिया 4