
५ वैशाख, काठमाडौंं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल र एसियाली विकास बैंकका उपाध्यक्ष सिजिङ चैनबीच भेटवार्ता भएको छ ।
सोमबार शिक्षा मन्त्रालयमा मन्त्री पौडेल र उपाध्यक्ष चैनबीच भेटवार्ता भएको शिक्षा मन्त्रीको सचिवालयले जनाएको छ ।
मन्त्री पौडेलले तीन वर्षमा सबै विद्यालयको भौतिक पूर्वाधार निर्माण गर्ने, शिक्षक दरबन्दी पूरा गर्ने, क्याम्पसहरूको पुनर्निर्माण गर्ने, शिक्षकहरूलाई तालिमको व्यवस्थापन गर्ने, प्राविधिक शिक्षा विस्तार गर्ने र शिक्षण संस्थामा आइसीटी ल्याबहरू पुर्याउनेलगायत प्रस्ताव गरेका थिए ।
मन्त्री पौडेलको प्रस्तावमा उपाध्यक्ष चैनले सहयोग गर्ने प्रतिबद्धता जनाएको पनि सचिवालवयले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4