
काठमाडौं । ‘आईएमई पे’ ले हवाई उडान टिकट काट्ने ग्राहकका लागि नयाँ योजना सार्वजनिक गरेको छ ।
पहिलो पटक आईएमई पे एप प्रयोग गर्ने सेवाग्राही वा पहिलो पटक आईएमई पे एपबाट हवाई उडानका लागि टिकट काट्ने सेवाग्राहीले सर्वाधिक क्यासब्याकका साथै ३०० रुपैयाँसम्म छुट प्राप्त गर्न सक्नेछन् । अरु प्रयोगकर्ताहरुले नियमित सर्वाधिक क्यासब्याकमा आईएमई पे एप मार्फत हवाइ उडान टिकट बुक गर्न सक्नेछन् ।
यात्राका लागि सबैभन्दा सहज माध्यम हवाई उडान भएकोले आईएमई पेले यात्रुहरुलाई हवाइ उडान मार्फत यात्रा गर्न प्रोत्साहन दिन समय–समयमा यस्ता योजनाहरु ल्याउने गरेको आईएमईले जनाएको छ ।
नयाँ योजना अनुसार हवाई उडान टिकटमा ५० प्रतिशतसम्मको छुटदेखि लिएर थुप्रै रमणीय गन्तव्यमा पुग्नका लागि फ्री हवाई टिकट प्राप्त गर्ने कम्पनीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4