
६ वैशाख, बुटवल । विवेकशील साझा पार्टीले तिलोत्तमा नगरपालिकाको मेयर र उपमेयर पदको उम्मेदवार सिफारिस गरेको छ । मेयरमा डा. अमित के.सी र उपमेयरमा रुपा गुरुङलाई उम्मेदवार बनाउने निर्णय विवेकशील साझाले जनाएको छ ।
वडा नं. ७ भलवारी निवासी डा. केसी नेत्र रोग विशेषज्ञ हुन् भने वडा नं १४ निवासी गुरुङ शिक्षण पेशामा आबद्ध हुन् ।
मेयर र उपमेयरका उम्मेदवारले १७ बुँदे घोषणा पत्र समेत सार्वजनिक गरेका छन् । घोषणापत्रमा अनलाइन प्रणालीबाट वडा र नगरपालिकाबाट दिइने सबै सेवाहरु घरमै बसेर पाउने व्यवस्था गर्ने, स्वास्थ्य सेवा अन्तर्गत औषधी र उपचार निशुल्क, सार्वजनिक शिक्षा निःशुल्क, फोहोरमैलाको शुल्क खारेजी, गरिब तथा अति विपन्न परिवारलाई पानी र बिजुली निःशुल्क दिने उल्लेख छ ।
त्यस्तै निःशुल्क एम्बुलेन्स तथा दमकल सेवा २४ सै घण्टा, पहिलो वर्ष कम्तीमा ५० विघामा कृषि कार्यक्रम सुरुवात, कृिष मार्टको स्थापना, व्यापार, उद्यम र उद्योगीलाई पहिलो वर्ष निःशुल्क दर्ता तथा बीमा, सामाजिक सुरक्षाको प्रत्याभूत लगायतका विषय उल्लेख छ ।
प्रतिक्रिया 4