
६ वैशाख, काठमाडौं । कतारमा रमादानको अवसरमा २१ जना नेपालीले क्षमादान पाएका छन् ।
कतारका अमिर शेख तमिम बी हमाद अल थानीले इस्लाम धर्मावलम्बीको पवित्र महिना रमादानको अवसरमा ती नेपालीहरुलाई क्षमादान गरेको कतारको दोहास्थित नेपाली दूतावासले जनाएको छ ।
यसरी क्षमादान पाउनेमा यौनजन्य क्रियाकलापमा ३, चोरीजन्य क्रियाकलापमा ११, मादक पदार्थ बिक्री वितरणमा २ र आर्थिक हिनामिनामा मुछिएका ५ जना दोषी ठहर भई सजाय भोगिरहेका थिए ।
क्षमादान पाएका व्यक्तिलाई सम्बन्धित निकायले जानकारी गराउने प्रक्रिया शुरु भएको समेत दूतावासको भनाइ छ ।
दूतावासका अनुसार अझै तीन नेपालीले विभिन्न कसुरमा जेल जीवन बिताइरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4