
६ वैशाख, कलैया । बाराको कान्छो नगरपालिका पचरौता नगरपालिकामा जनता समाजवादी पार्टी जसपा नेपालले मेयर र उपमेयरका उम्मेद्वार चयन गरेको छ । वर्तमान मेयर रमेशकुमार यादवलाई नै जसपाले मेयरमा उठाउने छ ।
यस्तै उपमेयरमा सगूफा खातुनलाई सर्वसम्मत रुपमा सिफारिस गरिएको जसपा नेता अवधभुषण यादवले जानकारी दिए ।
२०७४ को चुनावमा यादव तत्कालीन संघीय समाजवादी फोरम नेपालबाट मेयर चुनिएका थिए । उनले २ हजार ६४२ मत ल्याएका थिए । निकटम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका जलन्धर सिंह जैसवारले २ हजार १३३ मत ल्याएका थिए ।
उपमेयरमा भने तत्कालीन राष्ट्रिय जनता पार्टीबाट इन्दुकुमारी निर्वाचित भएकी थिइन् । २ हजार ५४६ मत ल्याएकी उनले संघीय समाजवादी फोरमकी ललिता कुमारीलाई ३७ मतले हराएकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4