
६ वैशाख, पोखरा । पोखरामा आज पानी पर्दा दिउँसै अन्धकार भएको छ ।
मंगलबार दिउँसो साँढे ३ बजेपछि भएको हावाहुरी र वर्षाका कारण दिउँसै अन्धकार भएको हो ।
पश्चिमी वायुको साथै स्थानिय वायुको प्रभावका कारण अहिले पोखरामा मेघ गर्जनसहित वर्षा भइरहेको छ ।
वर्षासँगै पोखरामा दिउँसै अध्यारो हुँदा सवारी साधनहरु हेडलाइट बालेर हिँडेका छन् भने पानी परेपछि दुई पाङ्ग्रे सवारी साधन तथा पैदलयात्रु विच बाटोमा नै रोकिएका छन् ।
यस्तै दिउँसो परेको पानीका कारण बढ्दो गर्मीमा राहत मिलेको महशुस गरिएको छ ।
पोखराको पछिल्लो २४ घण्टाको अधिकतम तापक्रम ३२.३ डिग्री सेल्सियस र न्यूनतम तापक्रम १९.४ सेल्सियस मापन गरिएको छ ।
यसअघि २०७८ साल वैशाख ३, २०७६ सालमा माघ १२ र २०७५ चैत १७ गते र २०६७ साल वैशाख २९ गते पोखरामा दिउँसै अध्यारो भएको थियो ।
प्रतिक्रिया 4