+
+

गुल्मी महोत्सव सकियो, ६ करोड बढीको कारोबार

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ७ गते १०:४५

७ वैशाख, गुल्मी । कृषि पर्यटन र उद्योगको व्यापारको प्रर्वद्धन गर्न भन्दै सञ्चालन भएको चौथो गुल्मी महोत्सव सम्पन्न भएको छ ।

महोत्सवको रेसुङ्गा नगरपालिका नगरप्रमुख डिल्लीराज भुसालले समापन गरेका हुन् । महोत्सवको समापन गर्दै नगरप्रमुख भुसालले बाणिज्य संघले सफलता पूर्वक महोत्सव सम्पन्न गरेकोमा धन्यवाद दिए ।

उनले जिल्लामा उद्योग बाणिज्य संघले धेरै सामाजिक कार्य गरेको बताए । बाणिज्य संघको नेतृत्वमा तम्घास बजारभित्रको बाटो कालोपत्रे गर्न अगुवाइसमेत गरेको भुसालले बताए । त्यतिबेलाको समयमा तम्घास बजार वासी व्यवसायीले आर्थिक रकम उठाएर कालोपत्रे गर्न अगुवाई गरेका थिए ।

महोत्सवमा साना कुटिर उद्योगबाट उत्पादित वस्तुलाई प्रर्वद्धन एबम् बजारीकरण गर्ने उदेश्य रहेको थियो ।

६ करोड वढिको कारोबार

१२ दिनसम्म तम्घासको चिदिचौर खेलमैदानमा चलेको महोत्सवमा करिब ६ करोड बढीको आर्थिक कारोबार भएको गुल्मी उद्योग वाणिज्य संघ गुल्मीका अध्यक्ष ईश्वरीप्रसाद पौडेलले बताए । चैत २५ गतेबाट सुरु भएको महोत्सव वैशाख ६ गतेसम्म चलेको थियो ।

उद्योग बाणिज्य संघ गुल्मीका अध्यक्ष ईश्वरीप्रसाद पौडेलले महोत्सवमा सहयोग गर्ने विभिन्न संघ संस्थालाई समापनको अवसरमा धन्यवाद दिए ।

महोत्सवमा उत्साहजनक सहभागिताले सफलतापूर्वक सम्पन्न भएको पौडेलले बताए । महोत्सवमा चिदीचौर खेल मैदानमा साँस्कृतिक कार्यक्रमहरूसँगै जिल्लास्थित उत्पादन हुने कृषि जन्य समग्रीहरू, मनोरञ्जनात्म पिङ्गलगायत बिभिन्न औद्योगित क्षेत्रबाट उत्पादित सामग्रीहरुको बिक्री वितरणको लागि राखिएको थियो । महोसत्वमा दुई सय स्टल रहेका थिए ।

त्यसमध्ये १५ वटा स्टलहरु कृषि तथा घरेलु उद्योगबाट उत्पादित वस्तुहरूको प्रर्दशन गरिएको थियो । जिल्लामा उत्पादिन कफी, तरकारी, माहुरी, च्याउ, जिल्लाको प्रसिद्ध गुणका परिकार अम्मरपुरको कुमाल समुदायले सेरामिक्सबाट निर्माण गरेका माटोका कलात्मक वस्तुहरूलगायतका अरू कृषिजन्य सामग्री महोत्सव अवधिभर राखिएको थियो ।

वाणिज्य संघ गुल्मीले प्रत्येक २ वर्षको अन्तरालमा महोत्सव गर्दै आएको थियो । तर कोरोना महामारीले गर्दा तोकिएको समयमा गर्न सकेको थिएनन् ।

महोत्सवबाट आम्दानी भएको रकममध्ये ४० प्रतिशत सामाजिक क्षेत्रमा र बाँकी ६० प्रतिशत वाणिज्य संघको आम्दानीमा राखिने आयोजकले जनाएको छ ।

महोत्सवबाट जिल्लाको कृषि, घरेलु तथा औधोगिक क्षेत्रको प्रर्बद्धनसगै पवित्र तपोभूमि रुरु, रेसुङ्गा, कंके देउराली, मालिका र कुर्घाको स्वाँरा, शान्तिपुरको टिमुरे तालसहितका पर्यटकीय क्षेत्रहरूको प्रचारप्रसारसँगै सांस्कृतिक कार्यक्रम भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?