+
+

प्यूठानको ऐरावती गाउँपालिकामा गठबन्धनमा कुरा मिलेन, मित्रवत प्रतिस्पर्धा गर्ने निर्णय

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ७ गते ११:२९

७ वैशाख, प्युठान । प्युठानको ऐरावती गाउँपालिकामा सत्ता गठबन्धनका दलहरु छुट्टाछुट्टै निर्वाचन लड्ने भएका छन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका नेताहरुको संयुक्त बैठकले छुट्टाछुट्टै निर्वाचनमा प्रतिस्पर्धा गर्ने निर्णय गरेको हो ।

बैठकपछि जारी संयुक्त प्रेस विज्ञप्तिमा स्थानीय तह निर्वाचनमा मित्रवत प्रतिस्पर्धा गर्ने उल्लेख छ ।

विज्ञप्तिमा कांग्रेस नेताहरु अमरबहादुर रेस्मी र दामु विक, राजमोका टंकप्रसाद पाण्डे र कृष्णप्रसाद श्रेष्ठ, नेकपा माओवादी केन्द्रका द्रोण प्रसाद पाण्डे र भिमेस कुमार घर्तीमगर, नेकपा एकीकृत समाजवादीका प्रेम जीसी तथा जनता समाजवादी पार्टीका दामोदर गिरी र माधव जीसीले हस्ताक्षर गरेका छन् ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा ऐरावती गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका नविलविक्रम शाह र उपाध्यक्षमा माओवादी केन्द्रका बुद्धबहादुर बस्नेत विजयी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?