+
+

‘लक्का जवान’ले सलोनको कस्तो धोको पूरा गर्‍यो ?

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ७ गते ११:५५

काठमाडौं । सलोन बस्नेतको अभिनय करिअरको सबैभन्दा ठूलो धोको के थियो ? फिल्मको बक्स अफिस सफलता वा हिरोको रुपमा प्रख्याति ? अहँ, यी दुवै चीज उनको धोको होइनन् ।

आफू अभिनित पछिल्लो फिल्म ‘लक्का जवान’को पत्रकार सम्मेलनमा बोल्दै सलोनले आफ्नो ठूलो धोकोबारे खुलासा गरे । दिलीप रायमाझीसँग फिल्म खेल्ने ठूलो धोको रहेको र त्यसलाई ‘लक्का जवान’ फिल्मले पूरा गरेको भन्दै उनले सन्तोष व्यक्त गरे ।

‘दिलीप मामासँग फिल्म खेल्ने मेरो सानैदेखिको धोको थियो । तर पूरा हुन पाएको थिएन । मैले पहिलोपटक गाडीमा चढ्दै गर्दा उहाँलाई देखेको थिएँ,’ सलोन खुले, ‘त्यो सपना लक्का जवानले पूरा गरिदिएको छ ।’ वैशाख २३ गते प्रदर्शन हुने फिल्ममा सलोन र दिलीपले स्क्रिन सेयर गरेका छन् ।

आफ्नो अभिनय करिअरमा ‘लक्का जवान’ले ठूलो अर्थ राख्ने भन्दै सलोनले फिल्म हेर्न आग्रह गरे । ‘यसलाई नेपाली फिल्म ठानेर हेरिदिनु होला,’ पत्रकार सम्मेलनमा उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?