७ वैशाख, काठमाडौं । बंगलादेशका पूर्व बायाँ हाते स्पिनर मोसरफ होसेनको निधन भएको छ । होसेन ब्रेन क्यान्सरबाट पीडित ४० वर्षीय होसेनको ढाकामा निधन भएको हो ।
पछिल्लो समय उनी क्यान्सरको उपचार गराईरहेका थिए । सन् २०१९ मा उनको ब्रेन ट्युमरको उपचार गरिएको थियो तर २०२० नोभेम्बरमा ट्युमर पेरि देखा परेको थियो ।
उनी पछिल्लो केही सातादेखि अस्पतालमा थिए ।
सन् २००८ मा बंगलादेशका लागि डेब्यू गरेका होसेनले बंगलादेशका लागि ५ एकदिवसीय अन्तराष्ट्रिय खेलेका थिए । उनले बंगालदेशका लागि पछिल्लो पटक २०१६ मा खेलेका थिए ।
उनले बंगलादेशको फस्ट क्लास क्रिकेटमा ३ हजार बढी रन बनाएका छन् भने ३ सय बढी विकेट लिएका थिए । यस्तो उपलब्धि पाउने उनी केवल सात क्रिकेटको सूचीमा पर्छन् ।
होसेनको श्रीमती र एक बच्चा छन् ।
प्रतिक्रिया 4