७ वैशाख, काठमाडौं । फुलहम एक सिजनपछि नै प्रिमियर लिगमा फर्किएको छ । इंग्ल्याण्डको दोस्रो श्रेणीको लिग फुटबल च्याम्पियनसिप अन्तर्गतका खेलमा प्रिस्टन नर्थ इन्डलाई ३–० ले हराउँदै फुलहमल चार खेल बाँकी छँदै प्रिमियर लिगमा बढुवा भएको हो ।
४२ खेलबाट फुलहम ८६ अंकसहित शीर्ष स्थनामा छ । फुलहम गत सिजन प्रिमियर लिगबाट रेलिगेसनमा परेको थियो ।
अलेक्जान्डर मिट्रोभिकले दुई गोल गरेपछि फुलहमले सहज जित हात पारेको हो । फाबियो कार्भाल्होले थप एक गोल गरे । मिट्रोभिक च्याम्पियनसिपमा गोलसंख्या ४० पुर्याएका छन् ।
फुलहमले पाँचौ स्थानमा रहेको नथिङहम फरेस्टलाई १६ अंकले पछि पारेको छ । फुलहमसँगै अर्को एक टोली सिधै शीर्ष डिभिजनमा बढुवा हुनेछ । अर्को एक टोली भने प्लेअफबाट बढुवा हुनेछ ।
डर्बी काउन्टी र ब्रान्सले भने च्याम्पियनसिपबाट रेलिगेसनमा परिसकेका छन् ।
प्रतिक्रिया 4