७ वैशाख, काठमाडौं । लखनउ सुपर जायन्ट्सका कप्तान केएल राहुललाई आचरसंहिता उल्लंघन गरेको भन्दै म्याच फीको २० प्रतिशत जरिवाना लागेको हो ।
मुम्बईको डीवाई पटेल स्टेडियममा भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरविरुद्धको खेलमा उनले इन्डियन प्रिमियर लिग(आइपीएल)को आचरसंहिता उल्लंघन गरेका हुन् ।
म्याचमा आचरसंहिता उल्लंघन गरेको भन्दै म्याच रेफ्रीले गरेको निर्णय नै अन्तिम मान्दै उनलाई जरिवाना तिराइएको हो ।
लखनउले मंगलबार भएको खेलमा बैंगलोरसँग १८ रनले पराजित भएको हो । यससँगै लखनउ पाँच खेलमा ३ जित र २ हार सहित अंक तालिकाको चौथो स्थानमा रहेको छ ।
प्रतिक्रिया 4