
७ वैशाख, बुटवल । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको मेयरको आकांक्षी रहेका मात्रिकाप्रसाद यादवले नेपाली कांग्रेस परित्यागको घोषणा गरेका छन् ।
नगर समितिले संविधान सभा सदस्य इस्तियाक अहमद खानलाई मात्रै मेयरको उम्मेदवारको लागि सिफारिस गरेपछि असन्तुष्टि जनाउँदै यादवले पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेको घोषणा गरेका छन् । यादव संस्थापन इतर पक्षका मानिन्छन् ।
मेयर पदमा ६ जना आकांक्षीको नाम जिल्ला र प्रदेश समितिमा सिफारिस गर्ने भनिए पनि नगर समितिले इस्तियाक अहमद खानको नाम मात्र समावेश गरेपछि यादव असन्तुष्ट थिए ।
यादव गत स्थानीय तहको निर्वाचनमा पनि सिद्धार्थनगर नगरपालिकाको मेयरमा पराजित भएका थिए । उनी पार्टीको क्षेत्रीय अधिवेशनमा पनि सभापति पदमा पराजित भएका थिए
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4