७ वैशाख, वीरगञ्ज । बारास्थित कलैयाका माओवादी केन्द्रका नेता बिक्रम साह चुनाव चिह्न अंकित टिसर्टसहित प्रचारमा देखिएका छन् । उनी हाल कलैया उपमहानगरपालिका वडा नम्बर २३ मा वडा अध्यक्ष समेत हुन् ।
एकातिर जनप्रतिनिधि अर्कोतिर चुनाव चिह्न अंकित टिसर्टसहित प्रचारमा हिंड्नुभएको छ, किन ? भन्ने प्रश्नमा उनी भन्छन्, ‘चुनावी अभियानमा थिएँ । जाँदा टिसर्ट लगाएर बसेका रहेछन् । किन ? भन्दा सबैले लगाएका छन् हामीले किन नलगाउने ? भनेर मलाई उल्टै प्रश्न गरे ।’
उनले आफ्नो उद्देश्य निर्वाचन आचारसंहिता उल्लंघन गर्न नहुने हुँदाहुँदै पनि चुनाव चिह्न अंकित टिसर्ट लगाएका युवाहरुकहाँ पुगेको र सोही फोटो सामाजिक सञ्जालमा पोस्ट भएकोमा आफूलाई दु:ख लागेको बताए ।
निर्वाचन आयोगले तय गरेको आचारसंहिता अनुसार स्थानीय तहका जनप्रतिनिधिहरु बहाल रहेकै अवस्थामा चुनावी प्रचारमा हिंड्न पाउँदैनन् ।
चुनावी प्रचारमा हिंड्ने नेता/कार्यकर्ताहरुले चुनाव चिह्न अंकित टिसर्ट, गम्छालगायतका सामग्री प्रयोग गर्न पनि नपाउने आचारसंहिता छ ।
तर, बारामा आचारसंहिता उल्लंघन गर्नेहरु अरु पनि रहेको स्थानीयहरु बताउँछन् ।
प्रतिक्रिया 4