+
+

भोजपुरमा जिससको नेतृत्व पनि अहिले नै बाँडफाँट

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ७ गते २०:२०

७ वैशाख, विराटनगर । सत्तारुढ गठबन्धनले भोजपुरमा भागबण्डा टुङ्गो लगाएका छन् । ९ वटा पालिका रहेको भोजपुरमा उनीहरुले ७ वटा पालिका र जिल्ला समन्वय समितिमा भागबण्डा गरे पनि २ वटामा भने खुल्ला प्रतिस्पर्धा गर्ने सहमति गरेका छन् ।

नेपाली कांग्रेस जिल्ला सभापति विनोद बान्तवाका अनुसार अनुसार अरुण गाउँपालिका र आमचोक गाउँपालिकमा खुला प्रतिस्पर्धा गर्ने सहमति भएको छ । उनले भने ‘पालिका ९ वटा छन्, जिसस(जिल्ला समन्वय समिति)लाई पनि पालिका मानेर भागवण्डा गरेका छौं ।’
भागवण्डा गर्दा जिसस जनता समाजवादी पार्टीकोे भागमा परेको छ । अरुण र आमचोक गाउँपालिकामा स्वस्थ प्रतिस्पर्धा गर्ने दलहरुको सहमति छ ।

कांग्रेसको भागमा षडानन्द नगरपालिका, भोजपुर नगरपालिका, साल्पासिलिछो, टेम्केमैयुङ र हतुवागढी गाउँपालिकाको प्रमुख परेको छ ।

माओवादी केन्द्रको भागमा पौवादुङमा गाउँपालिका, रामप्रसादराई गाउँपालिका परेको छ । जिल्ला समन्वय समिति भोजपुरको प्रमुख जसपा र उपप्रमुख माओवादी केन्द्रको भागमा परेको छ ।

माओवादीले अध्यक्ष पाएको रामप्रसादराई र पौवादुङमा गाउँपालिकामा कांग्रेसले उपाध्यक्ष पाएको छ । षडानन्द नगरपालिका, साल्पासिलिछो र हतुवागढी गाउँपालिकमा उपाध्यक्ष माओवादीले पाएको छ । भोजपुर नगरपालिका उपप्रमुख र टेम्केमैयुङ गाउँपालिकामा उपाध्यक्ष नेकपा एकीकृत (समाजवादीले) पाएको छ ।

नेकपा माओवादी केन्द्रका नेता सुदन किराँतीका अनुसार वडाहरुमा खुला प्रतिस्पर्धा गर्ने सहमति भएको छ । भोजपुरमा ८१ वडाहरु छन् । ‘वडामा आवश्यकता महसुस भए गठबन्धन भित्रैका दलहसँग गठबन्धन हुन्छ,’ उनले भने, ‘वडामा गठबन्धन गर्दा जुन पार्टीको वडा अध्यक्ष हुन्छन् त्यही पार्टीको चुनाव चिन्हबाट अरुले पनि चुनाव लड्ने सहमति छ ।’

गठबन्धनमा रहेका दलका वडा कमिटीका नेताहरुले प्रतिस्पर्धा गर्न चाहेपछि वडामा गठबन्धन बाध्यकारी नबनाइएको कांग्रेस सभापति बान्तवाले बताए । भोजपुर प्रदेश १ का मुख्यमन्त्री तथा नेकपा एकीकृत समाजवादी पार्टीका नेता राजेन्द्र राई र माओवादी केन्द्रका नेता सुदन किरातीको गृह जिल्ला हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?