
७ वैशाख, वीरगञ्ज । सत्ता गठबन्धनले महानगर भाग लगाउने क्रममा वीरगञ्ज महानगरपालिका जनता समाजवादी पार्टी (जसपा)लाई दिएपछि कांग्रेसमा असन्तुष्टी बढेको छ । कांग्रेसले वीरगञ्ज छाड्न नहुने, मित्रवत प्रतिस्पर्धामा जानुपर्ने अडानमा नेताहरु देखिएका छन् ।
सोही अडान अनुरुप पर्साबाट कांग्रेस नेताहरुको एक टोलीले काठमाडौं गएर पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन् ।
भेटका क्रममा उनीहरुले वीरगञ्ज छोड्न नहुने अडान देउवा समक्ष राखेका छन् । देउवाले भने ‘हेर्छु’ भनेर आश्वासन दिएका छन् ।
‘हामीले वीरगञ्जको सन्दर्भमा पुनर्विचार गर्न आग्रह ग¥यौं’, कांग्रेस नेता रमेश रिजालले टेलिफोनमा भने, ‘उहाँले (देउवाले) हेर्छु, सत्तागठबन्धनसँग कुराकानी गर्छु, कोसिस गर्छु भनेर भन्नुभएको छ ।’
केन्द्रीय सदस्य रमेश रिजाल, अजय चौरसिया, पूर्वमन्त्री सुरेन्द्र चौधरी, जिल्ला सभापति जनार्दन सिंह क्षेत्री, नेता अनिल रुंगटाले पार्टी सभापति देउवालाई भेटेका हुन् ।
प्रतिक्रिया 4