
८ वैैशाख, बुटवल । सिद्धार्थनगर नगरपालिकाको मेयर उम्मेदवारमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट सागरप्रताप राणा सर्वसम्मत सिफारिस भएका छन् ।
राप्रपा रुपन्देहीका अध्यक्षसमेत रहेका राणालाई सिद्धार्थनगर नगर समितिले सर्वसम्मत नगर प्रमुखको उम्मेदवारमा सिफारिस गरेको पार्टीका रुपन्देही जिल्ला उपाध्यक्ष तथा जिल्ला निर्वाचन परिचालन समितिका संयोजक अजयकुमार गुप्ताले बताए ।
राणा सिद्धार्थनगर नगरपालिकाका पूर्वनगरप्रमुख समेत हुन् । पार्टीका वरिष्ठ नेता एवम् पूर्वमन्त्री दीपक बोहराको गृह नगरसमेत रहेको सिद्धार्थनगरलाई राप्रपाले आफ्नो बलियो पकड रहेको नगरपालिका मान्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4