
८ वैशाख, बुटवल । स्थानीय तह निर्वाचनको आचारसंहिता विपरित कपिलवस्तुमा शिक्षकहरु चुनावी प्रचारमा हिड्ने गरेको पाइएको छ ।
कृष्णनगर नगरपालिका वडा ११ सरफरको नेपाल राष्ट्र आधारभुत विद्यालयका प्रधानाध्यापक प्रहलाद पाण्डे कपिलवस्तु नगर प्रमुखका एमाले उम्मेदवार कुनाल प्रताप शाहको प्रचार प्रसारमा खटिएका छन ।
विद्यालयको कामकाज प्रभावित हुनेगरि नै निर्वाचन अचारसंहिता विपरित चुनावी प्रचारमा खटेका पाण्डेय नेपाल शिक्षक संघ कृष्णनगर नगर कमिटिका अध्यक्ष पनि हुन ।
निर्वाचन आयोगले सरकारी कर्मचारीले कुनै पनि दल र नेताको प्रचार प्रसार गर्न नहुने निर्देशन गरे पनि नेकपा एमालेका नेताको प्रचारमा गाउँ घुमेर भोट माग्दै हिँडे पनि सम्बन्धित निकाय मौन बसेको स्थानीयबासिन्दाको गुनासो छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4