
मानिसहरू चर्चामा रहनका लागि कहिलेकाही यस्तो अनौठो काम गर्दछन् कि बाँकी मानिस हेरेको हेर्यै हुन्छन् ।
एकजना टिकटक प्रयोगकर्ता महिलाले आफ्नो अन्तिम संस्कारका बेला आउनेहरूका लागि ९ वटा अनौठा नियम तय गरिदिएकी छिन् ।
@iamjist नामक टिकटक प्रयोकर्ता महिलाले आफ्नो टिकटक अकाउन्टबाटै अन्तिम संस्कारका नियमहरू सार्वजनिक गरेकी हुन् । उनका नियमहरू एकसे एक रोचक छन् । आफ्नो अन्त्येष्टिमा आउनेहरूका लागि उनले तय गरेका ९ नियम यस्ता छन् :
- अन्तिम संस्कारमा आउनेहरूले म सँगैका कुनै नयाँ वा पुराना तस्वीर देखाउनु पर्नेछ ।
- अन्तिम संस्कारका बेला आउने महिलाहरूले शवको बाकसमा फाउन्डेसन, लिपग्लास, गाजललगायतका श्रृंगारका सामानहरू ल्याएर राखिदिनुपर्नेछ ।
- शवको बाकस (कफिन) नजिक गएर भीड गर्न पाइनेछैन ।
- सबैजनाले चुइगम लिएर आउनुपर्नेछ । अन्त्येष्टिका बेला आउनेहरूले सुँघ्न नपाउने तर स्वास लिएर मेरो आदर गर्नुपर्नेछ ।
- अन्तिम संस्कारका बेला बोल्ने सबैजनाले पाँच मिनेटमा आफ्नो मन्तव्य टुंगाउनुपर्नेछ ।
- अन्त्येष्टिमा कोही पनि कालो कपडामा आउन पाइनेछैन, रंगीचंगी कपडा लगाएर आउनुपर्नेछ ।
- अन्त्येष्टिका बेला चिकेन, म्याक्रोनी, चिजलगायतका सोल फूड वितरण गरियोस् र एक प्लेट शवको बाकभित्र पनि राखियोस् ।
- अन्त्येष्टिमा सहभागी सबैजनाले दुई पेग मदिरा पिउनुपर्नेछ । यदि कसैले दुई पेगभन्दा कम पिउँछ भने ऊ घर फर्किनुपर्नेछ ।
- अन्तिम संस्कारमा कोही पनि २० मिनेटभन्दा बढी रोकिन पाउनेछैन ।
एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4