
काठमाडौं । पछिल्लो समय नेपालमा रियालिटी शो निर्माणको क्रम बढेको छ । यस्ता रियालिटी शोमा सेलिब्रिटीको सहभागिता पनि उत्तिकै छ ।
‘रोडिज’ फेम्ड अभिनेता अनुपविक्रम शाहीले पनि एक एडभेन्चर शोको होस्ट गर्ने भएका छन् । उनले होस्ट गर्न लागेको उक्त शोका निर्देशकमा सौगातमान सिंह बस्नेत छन् ।
पर्यटन यात्रा गराउने र मुलुकको प्राकृतिक थलोलाई देश तथा विदेशमा प्रचारप्रसार गर्ने उद्देश्यले शो आयोजना गर्न लागिएको जनाइएको छ ।
नेपाली र अंग्रेजी भाषामा निर्माण हुने शोको पहिलो चरणमा पाँच भाग प्रस्तुत गरिने भएको छ । यस भागमा ‘आइल्यान्ड पिक’, ‘हुम्ला’, ‘मनाङ एण्ड मुस्ताङ (बाइक राइड)’, ‘रोयल ट्रिप विथ माउन्टेन फ्लाइट’, ‘दुर्गम क्षेत्रको लोकेसन प्रमोट’का विषय समेटिने शोका निर्देशक बस्नेतले जानकारी दिए ।
स्टुडियो कृयो र ब्रान्ड ल्याण्डसरको सहकार्यमा ट्रेकिङ टिमको प्रस्तुति रहेको उक्त शोको शीर्षक चाँडै घोषणा गरिने भएको छ ।
टे«ेकिङ टिम कम्पनीले नेपाल, तिब्बत र भुटानमा ट्रेकिङ, माउन्टेन क्लाइम्बिङ, मोटरबाइकिङ, माउन्टेन बाइकिङका साथै थ्रुप्रै एडभेन्चर स्पोर्ट्सहरु खेलाउँदै आएको कार्यकारी अधिकृत प्रवेश देवकोटाले बताए ।
शोका लागि टेलिभिजन समेत निश्चित गर्ने तयारीमा आफू रहेको निर्देशक सौगातले बताए । ‘शोमा थुप्रै पिक चढ्ने र अन्तिम भागमा सगरमाथासम्मको आरोहण गराउने उद्देश्य छ,’ सौगातले भने ।
प्रतिक्रिया 4