
काठमाडौं । सर्वोत्तम सिमेन्टले नयाँ वर्ष २०७९ को अवसरमा सञ्चालन गरेको ‘मिस्टर ह्याप्पी टुर’ कार्यक्रम शुक्रबार जनकपुरमा आयोजना हुँदैछ । जनकपुरको जानकी मन्दिर प्राङ्गणमा शुक्रबार साँझ ५ बजे कार्यक्रम आयोजना हुने छ । यो सँगै ३ वैशाखदेखि सञ्चालित देशदौडाह कार्यक्रम सम्पन्न हुने कम्पनीले जनाएको छ ।
कम्पनीले पोखराको चिप्लेढुंगाबाट कार्यक्रमको सुरुवात गरेको थियो । पोखरापछि भैरहवाको बुद्धचोक, परासीको परासी बजार, चितवनको नारायणी नदी तीर, वीरगञ्जको शहीद पार्क र रौतहटको गौरमा कार्यक्रम आयोजना गरेको थियो ।
सो क्रममा कम्पनीले मनोरञ्जनात्मक कार्यक्रमका साथमा आफ्ना उत्पादनका विक्रेताहरुलाई सहयात्री स्वरुप विभिन्न उपहारहरु वितरण गर्दै आइरहेको छ । कम्पनीले हास्य कलाकार सन्दिप छेत्रीलाई साथमा लिएर देश दौडाह कार्यक्रम सञ्चालन गरेको हो ।
सिमेन्टको उत्पादन तथा प्रयोग आम नेपालीले बुझ्न जरुरी रहेको यर्थाथलाई मध्ये नजर गर्दै सामाजिक सचेतना मूलक कार्यक्रम सञ्चालन गर्ने क्रममा, मिस्टर ह्याप्पी टुर सञ्चालन गरेर आफ्नो उत्पादनका बारेमा विक्रेता तथा आम ग्राहकहरुको राय सुझाव संकलन कार्य गरिरहेको छ ।
प्रतिक्रिया 4