
८ वैशाख, सप्तरी । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सप्तरीको खडक नगरपालिकामा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले तालमेल गर्ने भएको छ ।
बिहीबार यी दुई दलबीच चुनावमा तालमेल गर्ने सहमति भएको हो । सहमति अनुसार नेकपा माओवादी केन्द्रका नेता जयप्रकाश चौधरी मेयर तथा नेकपा एकीकृत समाजवादी पार्टीका नेता शत्रुद्यन आजादलाई उप मेयरको उम्मेदवार बनाइनेछ ।
सहमति अनुसार नेकपा माओवादी केन्द्रले वडा नम्बर १, २, ६, ८ र १० तथा नेकपा एकीकृत समाजवादीले वडा नम्बर ४, ५, ७, १० र ११ मा वडा अध्यक्षको उम्मेदवारी दिने निर्णय भएको छ । वडा नम्बर ३ र ९ मा भने छुट्टा-छुट्टै उम्मेदवारी दिने निर्णय भएको छ ।
नेकपा माओवादी केन्द्र खडक नगर कमिटीका अध्यक्षसमेत रहेका जय प्रकाश चौधरी र नेपाल एकीकृत समाजवादीका नगर अध्यक्ष विजय कुमार साहले विहीबार संयुत्तः रुपमा विज्ञप्ति जारी गर्दै तालमेल भएको जानकारी दिएका छन् ।
नगरपालिकालाई सही दिशा, नीति र सक्षम नेतृत्व प्रदान गर्न दुवै पार्टीले नगरपालिकाका वडाहरुमा समेत तालमेल गरी जाने सहमति भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यो नगरपालिकामा २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा तत्कालिन संघीय समाजवादीले मेयर र नेपाली कांग्रेसले उप मेयर जितेको थियो ।
प्रतिक्रिया 4