
८ वैशाख, काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले आफ्ना मागहरू पूरा नभएको भन्दै सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ) र बीमा समितिमा धर्ना दिएको छ ।
महासंघले सार्वजनिक खरिद अनुगमन कार्यालय अगाडि बिहीबार बिहान १० देखि ११ बजेसम्म र बीमा समितिमा दिउँसो १ देखि २ बजेसम्म धर्ना दिएको हो ।
निर्माण सामग्रीमा अप्रत्यासित अत्याधिक रुपले भएको मुल्यवृद्धि, म्याद थप, सार्वजनिक खरिद (एघारौं संशोधन) नियमावली–२०७८ मा आएका केही प्रावधान, बीमा सम्बन्धी निर्देशिका–२०७८ लगायतका व्यवस्थाहरुमा संशोधन तथा खारेज हुनुपर्ने आफ्ना माग सम्बोधन नभएको महासंघले जनाएको छ ।
निर्माण उद्योगका समस्या समाधानका लागि महासंघले पर्याप्त समय दिँदा समेत मागहरु सम्बोधन नभएकोले धर्ना दिन बाध्य भएको अध्यक्ष रवी सिंहले बताए ।
बीमा निर्देशिका २०७८ को खारेजी एवम् संशोधनको लागि पटक पटक दबाब दिँदा समेत कुनै सुनुवाइ नभएको महासंघको आरोप छ ।
प्रतिक्रिया 4