+
+

अक्सिजन प्लान्ट विस्फोटमा मृत्‍यु हुनेको परिवारलाई तत्काल राहत दिन्छौं : मन्त्री बडु

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ८ गते १४:५२

८ वैशाख, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले अक्सिजन प्लान्टमा विस्फोटमा परी मृत्‍यु भएकाहरुको परिवारलाई सरकारले तत्काल राहत उपलब्ध गराउने बताएका छन् ।

बिहीबार दुर्घटनास्थलको निरीक्षणका लागि पुगेका मन्त्री बडूले मृतकको परिवारले पाउने राहत सरकारले तत्काल दिने बताएका हुन् ।

उनले विस्फोटमा परी घाइते भएकाहरुलाई सरकारले उपचार गर्ने पनि प्रतिवद्धता जनाए ।

मन्त्री बडूले अक्सिजन भर्ने क्रममा यसरी बिस्फोट हुनु साधारण नभएको भन्दै यसलाई गहन अनुसन्धान गर्ने बताए । उनले सरकारले यो विषयलाई प्राथमिकताका साथ राखेर प्राविधिकहरुलाई बोलाएर नै अनुसन्धान गर्ने बताए ।

‘यो जुन घटना भयो यो दु:खद, दुर्भाग्यपूर्ण । सबैलाई दुःख लागेको छ । हामीले सहजै अनुमान लगाउन सक्दैनौँ। यो टेक्निकल अवस्थाका कारण भएको भन्ने कुरा छ । अक्सिजन रिफिलिङ गर्दा बिस्फोट हुनु भनेको झनै खोजको विषय हो’ मन्त्री बडूले भने, ‘ यसलाई हामी अनुसन्धान गर्नेछौँ । यो पहिलो उदाहरण हो भन्ने खबर छ । यसलाई हामी गहन विषय बनाएर अनुसन्धान गर्नेछौँ ।’

मन्त्री बडूले घाइतेहरु सबैले तत्काल उपचार पाउनुपर्ने भन्दै यस बारेमा सरकारले आफ्नो कर्तव्य पूरा गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?