
८ वैशाख, काठमाडौं । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको त्रिभुवन विश्वविद्यालय जिल्ला कमिटीको नयाँ कार्यसमिति चयन भएको छ ।
२९ चैतमा भएको भेलाले शम्भुप्रसाद भट्टको अध्यक्षतामा ३९ सदस्यीय कमिटी चयन गरेको छ । जसको उपाध्यक्षमा समीरराज विष्ट, सचिवमा प्रशान्त भण्डारी, सहसचिवमा दानबहदुर धामी, सिद्धान्त भट्ट र अविना लिम्बु र कोषाध्यक्षमा शिला भट्टराई चयन भएकी छन् ।
सदस्यहरुमा अनिश पौडेल, अर्जुन धमला, अर्जुन रेग्मी, कृष्ण भण्डारी, केदार खड्का, घनश्याम शाह, चन्द्रकला लिम्बु, दीपेन्द्रप्रसाद जोशी, दीपराज न्यौपाने, दिनेशकुमार सिंह, दिपन राई, दीपक सिंह ठकुरी, दीपक नाथ चयन भएका छन् ।
त्यस्तै देवराज राई, नवराज भुसाल, पूर्णबहादुर विक, प्रकाश विष्ट, भीम रावल, मनबहादुर कुन्जेडा, रचना अधिकारी, रीता खड्का, रुमकान्त केसी, रामचन्द्र रिजाल, रामसिंह नायक, सन्ध्या खनाल, सुर्मा रोकाया, सपना सुब्बा, सुनिता श्रेष्ठ, सञ्चुमाया सुब्बा, सुदर्शन गौतम, सफल चापागाईं र सुशान्त अधिकारी पनि सदस्य चयन भएका छन् ।
प्रतिक्रिया 4