८ वैशाख, काठमाडौं । इरिक टेन हाग म्यानचेष्टर युनाइटेडको नयाँ प्रशिक्षक बनेका छन् । इंग्लिस क्लब म्यानचेष्टर युनाइटेडले बिहीबार डच क्लब अयाक्सका टेन हागलाई नयाँ प्रशिक्षक नियुक्त गरेको जनाएको छ ।
युनाइटेडले टेन हागसँग यस सिजनको अन्त्यपछि लागु हुनेगरी चार वर्षको सम्झौता गरेको छ । यससँगै उनी २०२५ जुन सम्म ओल्ड ट्राफवर्डमा रहनेछन् । यस्तै एक वर्ष सम्झदता थप्ने विकल्प समेत रहेको छ ।
युनाइटेडका फुटबल डिरेक्टर जोन मोर्तोघले इरिक टेन हागले अयाक्समा चार वर्ष काम गर्दा बफूलाई प्रमाणित गरिसकेको इरिकको भिजनबाट प्रभावित भएको जनाएका छन् ।
प्रतिक्रिया 4