
काठमाडौं । द ब्रिटिस कलेज अन्तर्गतको ब्रिटिस प्रोफेसनल कलेज (बीपीसी) मा अध्ययनरत रिया मानन्धर दोस्रो पटक विश्वकै सर्वोत्कृष्ट छात्रा बनेकी छिन् । कलेजको एसोसियसन अफ चार्टर्ड सर्टिफाइड एकाउन्टेन्ट्स (एसीसीए) कार्यक्रममा अध्ययनरत रियाले ‘पर्फमेन्स म्यानेजमेन्ट’ विषयमा ९१ प्रतिशत अंक ल्याएर सर्वोत्कृष्ट बनेकी हुन्।
सन् २०२१ को डिसेम्बरमा भएको ‘ट्याक्स’ विषयको परीक्षामा रियाले संसारभरका १३ हजार विद्यार्थीलाई पछि पार्दै सर्वोत्कृष्ट अंक हासिल गरेकी थिइन् । यसपटक सन् २०२२ को मार्चमा भएको एसीसीए अन्तर्गतको पर्फमेन्स म्यानेजमेन्ट परीक्षामा रिया कूल १०० मा ९१ अंक प्राप्त गरी विश्वकै सर्वोत्कृष्ट बनेकी हुन्।
एसीसीए कार्यक्रम विश्वको सबैभन्दा ठूलो र छिटो बढिरहेको अन्तर्राष्ट्रिय लेखा निकाय हो । यसका विश्वका १७९ देशमा ४ लाख २७ हजार विद्यार्थी र २ लाख १९ हजार सदस्यहरु रहेका छन् । विश्वभरका हजारौं विद्यार्थीहरुका लागि बनाइएको प्रश्नपत्रहरूममा सबैभन्दा उत्तम नतिजा रियाले प्राप्त गरेकी हुन् ।
‘मुख्यतया विश्वस्तरीय सुविधा र कलेजका शिक्षकहरूको प्रतिष्ठाको कारणले गर्दा म एसीसीए पढ्नका लागि बीपीसीमा भर्ना भएँ,’ आफ्नो उपलब्धिबारे रियाले भनिन्, ‘विद्यार्थीहरुले बीपीसीको तर्फबाट सबै प्रकारको सहयोग पाउँछन् र मैले पनि परीक्षाको तयारीका लागि शिक्षकहरुबाट राम्रो साथ र सहयोग पाएँ ।’
एसीसीए प्रोग्राम म्यानेजर दिपेन्द्र के. श्रेष्ठले कलेजमा अध्ययनरत रिया दोस्रो पटक सर्वोत्कृष्ट नजिता ल्याउन सफल भएकोमा खुसी व्यक्त गरे ।
प्रतिक्रिया 4