
८ वैशाख, इलाम । स्थानीय तहको निर्वाचनका लागि इलाममा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले उम्मेदवारको नामावली सार्वजनिक गरेको छ ।
पार्टीको १४ औं जिल्ला कमिटि बैठक पछि उम्मेदवारको नाम सार्वजनिक गरेको हो । नेकपा विप्लवले इलाम नगरपालिकाको प्रमुखमा फडिन्द्र न्यौपाने र उपप्रमुखमा नारदमणि साम्पाङ, सन्दकपुर गाउँपालिका अध्यक्षमा खड्ग राई, चुलाचुलीको अध्यक्षमा गणेशबहादुर पौड्याल, माई नगरपालिकाको प्रमुखमा युवराज आचार्य र उप–प्रमुखमा अमर राईलाई उठाउने छ ।
देउमाईको नगर प्रमुखमा मोहन बराल, माईजोगमाईको अध्यक्षमा बेनुप तामाङलाई उठाउने निर्णय गरेको पत्रकार सम्मेलन गरि जानकारी गराइएको छ ।
स्थानीय तहमा प्रमुख र उपप्रमुख दुवैमा उम्मेदवार मनोनयन गर्दा फरक फरक लिङ्गको हुनु पर्ने भए पनि नेकपाले दुवैमा पुरुषलाई मात्र उठाउने निर्णय गरेको छ ।
बाँकी स्थानका लागि उम्मेदवारको चयन हुन बाँकी रहेको पार्टीका जिल्ला इन्चार्ज सुमन सिंहले बताए ।
प्रतिक्रिया 4