+
+

वागमती प्रदेशसभा सदस्य सुवेदीको राजीनामा स्वीकृत

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ८ गते १८:४१

८ वैशाख, चितवन । वागमती प्रदेशका प्रदेशसभा सदस्य विजय सुवेदीले राजीनामा दिएका छन् ।

चितवनको भरतपुर महानगरपालिकाको मेयरको उम्मेदवारका आकांक्षी सुवेदीले दिएको राजीनामा प्रदेशसभा सभामुख सानुकुमार श्रेष्ठले स्वीकृत गरेका हुन् ।

प्रदेशसभा सचिव कृष्णहरि खड्काले बिहीबार एक सूचना जारी गरी आजैदेखि सुवेदीको ठाउँमा प्रदेशसभा सदस्य पद रिक्त रहेको बताए

चितवन क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित सुवेदीको नाम भरतपुरको मेयरका लागि महानगर कमिटीबाट सर्वसम्मत सिफारिस भएको छ ।

एमालेमा महानगर र उपमहानगरपालिकाको मेयर र उपमेयरको उम्मेदवार केन्द्रीय कमिटीले टुंग्याउने व्यवस्था छ । त्यसका लागि १० वैशाखमा बैठक बोलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?