
नयाँ वर्षको उपलक्ष्यमा सामसङ्ग ‘ग्यालेक्सी ए २३’को मूल्य घटाइएको छ । सामसङ्ग ‘ग्यालेक्सी ए २३’ औपचारिक रुपमा बजारमा उपलब्ध भएसंगैं यो फोनको बजार मूल्य रु.२ हजारलेे घटाइएको छ ।
‘ग्यालेक्सी ए २३’ ६ जिबि/१२८ जीबीको लागि नयाँ वर्षको अफर मूल्य अब रु.२९हजार ९९९ कायम गरिएको छ ।
‘ग्यालेक्सी ए २३’ ४ जीबी/६४ जिबिको लागि नयाँ वर्षको अफर मूल्य रु.२५हजार ९९९ तोकिएको छ ।
सामसङ्ग जीबी स्न्यापड्रागन ६८० साथ ४ र ६ जिबि र्याममा उपलब्ध छ । यो फोनमा ६४ र १२८ जिबि भण्डारण क्षमता छ, जसलाई माइक्रो एसडि कार्डको सहायताले १ टि बी सम्म बढाउन सकिन्छ । यो फोनमा एन्ड्रोइड १२ र वान् यूआई ४.१ छ । यो सामसङ्ग ‘ग्यालेक्सी ए २३’ मा ६.६ इन्चको एफएचडि प्लस स्क्रीन राखिएको छ, जुन वाटरड्रप नचका साथ आउँछ ।
क्यामराको रुपमा ‘ग्यालेक्सी ए २३’ मा ४ ओटा क्यामरा लगाइएको छ, जुन ५० मेगापिक्सलको प्राइमरी सेन्सर, एउटा ५ मेगापिक्सलको अल्ट्रा वाइड सूटर, एउटा २ मेगापिक्सलको डेप्थ सेन्सर र एउटा २ मेगा पिक्सलको म्याक्रो क्यामरा रहेको छ ।
मोबाइलको मुख्य क्यामरामा ओ आइ एस जडित छ । ओ आइ एस हार्डवेयर र सफ्टवेयर प्रोसेसिङ्गको संयोजन प्रयोग गर्छ, जुन कम प्रकाशमा पनि प्रष्ट र तीक्ष्ण फोटोहरु खिच्नको लागि पर्याप्त हुन्छ । यसले गर्दा फोटो खिच्दा कम्पन भएपनि फोटोमा त्यसको असर अत्यन्त कम पर्दछ ।
यो फोनमा ५,००० एमएएच को ब्याट्री लगाइएको छ, जुन २५ वाटको तीव्र गतिले चार्ज हुन सक्ने क्षमता छ र यसको बक्समा १५ वाटको एडप्टर रहेको छ ।
प्रतिक्रिया 4