
८ वैशाख, काठमाडौं । ललितपुरमा अक्सिजन सिलिण्डर विष्फोट हुँदा दुईजनाको मृत्यु भएको घटना छानबिनका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले समिति बनाएको छ । छानबिनका लागि मन्त्रालयका सह–सचिव चन्द्रकला पौडेलको नेतृत्वमा ६ सदस्य समिति बनाइएको हो ।
मन्त्रालयले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै समितिलाई ७ दिनभित्र घटनाको यथार्थ जानकारी पेश गर्न भनिएको जानकारी दिएको छ । बिहीबार बिहान १० बजे पाटन औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन उद्योगमा अक्सिजन भर्ने क्रममा विष्फोट हुँदा भारतीय नागरिक वृहमोहन महतो र राजकुमार महतोको मृत्यु भएको थियो ।
विष्फोटको कारणबारे अनुसन्धान भइरहेको ललितपुर प्रहरीले जनाएको छ ।
हेर्नुस् विज्ञप्ति
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4