
९ वैशाख, काठमाडौं । काठमाडौंको बुढानीलकण्ठ नगरपालिकाको मेयरमा नेपाली कांग्रेसबाट इन्द्रबहादुर थापासहित १३ जना सिफारिसमा परेका छन् । उपमेयरमा नौ जनाको नाम सिफारिस भएको छ ।
नगर समितिले जिल्लामा र जिल्लाले बागमती प्रदेश समितिमा सिफारिस गरेपछि उम्मेदवारको टिकट बागमती प्रदेश समितिले दिन्छ ।
नेपाली कांग्रेस काठमाडौंका जिल्ला सचिव थापा प्रकाशमान सिंह-गगन थापा समूहका हुन् । नयाँ शहरको रुपमा विकास हुँदै गएको बुढानीलकण्ठ नगरपालिकालाई नमूना बनाउने योजना नेताहरुसमक्ष राख्दै उनले टिकटका लागि लबिइङ गर्दै आएका छन् । भूकम्प र कोरोना महामारीको बेलामा सामाजिक सेवामा पनि सक्रिय रहेका थापा पेशाले निर्माण व्यवसायी हुन् ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा काठमाडौंको बुढानीलकण्ठ नगरपालिकाको मेयर र उपमेयर दुवै नेकपा एमालेले जितेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4