
९ वैशाख, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का केन्द्रीय सदस्य डा. अब्दुर रहिम मिक्रानी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
शुक्रबार माओवादी केन्द्रको मुख्यालय पेरिडाँडामा भएको कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मिक्रानीलाई पार्टीमा प्रवेश गराएका हुन् ।
यसैगरी जसपाका केन्द्रीय सदस्य बागलुङका यमबहादुर घर्तीमगर र प्रदेश समिति सदस्य दिलिप थापामगर पनि नेकपा माओवादी केन्द्रमा प्रवेश गरेको माओवादी केन्द्रले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4