
९ वैशाख, बुटवल । नेकपा एकीकृत समाजवादीले बुटवल र तुलसीपुर उपमहानगरपालिकाको उपमेयर उम्मेदवारमा क्रमशः चीनबहादुर गुरुङ र जोगबहादुर रानालाई उम्मेदवार सिफारिस गरेको छ ।
सम्बन्धित पालिकाबाट एकल नाम सर्वसम्मत सिफारिस भएर आएको र प्रदेशले केन्द्रमा पठाएको पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष मेटमणि चौधरीले बताए ।
बुटवलको उपमेयरमा सिफारिस गुरुङ पार्टीका बुटवल नगर अध्यक्ष हुन् । अघिल्लो निर्वाचनमा उनी बुटवल–३ मा वडा सदस्य निर्वाचित भएका थिए । गुरुङ यातायात मजदुर तथा व्यवसायी भलाई कोषका पूर्वअध्यक्ष समेत हुन् । गुरुङ सरल र इमान्दार नेताका रुपमा परिचित छन् ।
तुल्सीपुरको उपमेयरमा सिफारिस राना तत्कालीन प्रजातान्त्रिक राष्ट्रिय युवा संघका पूर्वजिल्ला अध्यक्ष, एमाले पार्टीको जिल्ला सचिव,उपाध्यक्ष र अध्यक्ष भइसकेका व्यक्ति हुन् । एमाले विभाजनपछि नेकपा एकीकृत समाजवादीको केन्द्रीय सदस्य जिल्ला इन्चार्ज छन् ।
लुम्बिनीका चार उपमहानगरमध्ये ५ दलीय गठबन्धनमा भागबण्डा गर्दा एकीकृत समाजवादीले बुटवल र तुल्सीपुरमा उपमेयर पाएको थियो ।
बुटवलमा मेयर कांग्रेसको भागमा परेको छ । यस्तै तुल्सीपुरको मेयर कांग्रेसको भागमा परेको छ । कांग्रेसले दुवै उपमहानगरको मेयरको उम्मेदवार टुंगो लगाउन सकेको छैन । बुटवलमा खेलराज पाण्डेको एकल नाम सिफारिस भएकाले उनी उम्मेदवार हुने निशिच्त जस्तै छ ।
प्रतिक्रिया 4