
९ वैशाख, कलैया । बारा जिल्लाको सदरमुकामसमेत रहेको कलैया उपमहानगरपालिकाका मेयरसहित १३६ जना जनप्रतिनिधिले राजीनामा दिएका छन् ।
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा फेरि उठ्न उनीहरुले राजीनामा दिएका हुन् ।
कलैयाका मेयर राजेश राय यादवले १३५ जना जनप्रतिनिधिको राजीनामा बुझेपछि अन्तिममा आफूले पनि राजीनामा दिएका हुन् ।
कलैयाको कार्यपालिका १३९ सदस्यीय रहेकोमा कार्यपालिकाका ३ जना सदस्यले मात्र राजीनामा दिएका छैनन् ।
कलैयाका मेयर रायले सत्ता गठवन्धनकातर्फबाट फेरि उम्मेदवार बन्न राजीनामा दिएको उनका राजनीतिक सल्लाहकार इ. रामप्रवेश यादवले बताए ।
निर्वाचन आयोगले पुनः उम्मेदवार बन्न राजीनामा दिनुपर्ने प्रावधान राखेको छ । सत्तारुढ गठबन्धनकातर्फबाट कलैयाको मेयर कांग्रेसले र उपमेयर जसपाले पाउने सहमति भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4