
९ वैशाख, बागलुङ । मेयरको उम्मेद्वार बन्नका लागि बागलुङको जैमिनी नगरपालिकाका उपमेयर लिला रानाले राजीनामा दिएका छन् ।
रानाले नगरप्रमुख इन्द्रराज पौडेल समक्ष दिएको राजीनामा स्वीकृत भएको छ ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट उपमेयर पदमा निर्वाचित राना आसन्न निर्वानमा पार्टीबाट जैमिनी नगरपालिकाको मेयर उम्मेदवारमा सिफारिस भएका छन् ।
पार्टीको निर्णय अनुसार राणा उम्मेवार बन्ने भएकाल राजीनामा स्वीकृत गरिएको नगरपालिकाका मेयर पौडेलले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4